अरुण कुमार सुवेदी [Arun Kumar Subedi]
स्वप्नयात्रा [Swapnayatra]
स्वप्नयात्रा [Swapnayatra]
9789937038034
Couldn't load pickup availability
यस पुस्तकमा लेखकले अगणित समृद्धि र आनन्दका अगणित बाटाहरू अचम्मसित उद्घाटित गरिदिएका छन् जो पढ्दापढ्दै पाठकमा अनौठो भाव र अनुभूतिको सिञ्चन हुन जान्छ । आउने समयमा नेपाल र नेपाली कस्तो हुने भन्नेबारे खँदिलो र मीठो गरी लेखकले अक्षरहरूमा उतारिदिएका छन् ।
पछिल्लो बाहिरी पृष्ठबाट
जीवन कस्तो हुनुपर्छ ? शायद उत्तर व्यक्तिपिच्छे फरक आउँछ, किनभने व्यक्तिपिच्छे फरक अनुभूति र दृष्टिकोण छ । तर, जीवनमा आनन्द र समृद्धि चाहिन्छ भन्नेमा भने दोस्रो मत शायदै कसैले राख्ला । यद्यपि प्रश्न यत्तिमै सकिदैन किनभने समृद्धिका पनि अनेक ढाँचा छन् जसरी आनन्दका अनेक बाटा छन् ।
यस पुस्तकमा लेखकले अगणित समृद्धि र आनन्दका अगणित बाटाहरू अचम्मसित उद्घाटित गरिदिएका छन् जो पढ्दापढ्दै पाठकमा अनौठो भाव र अनुभूतिको सिञ्चन हुन जान्छ । प्रकृति दरिद्र छैन । त्यसैले होला यसलाई हाम्रा मनीषिहरूले मानवीकरण गरे र भने ईश्वर, माने ऐश्वर्यको मालिक । त्यस्तो ऐश्वर्यशाली संसारमा जन्मिएको हरेक मनुष्य पनि मरम सुखको अधिकारी हो । तर, कतिकति कारणहरूले जीवनलाई दरिद्रताले घेरेर राखेको छ अनि दुःखले बेरेर राखेको छ । पुस्तक पढ्दै जाँदा लाग्छ, दरिद्रता केवल आफू र यो जगत्को सौन्दर्यलाई चिन्न नसक्नको परिणति हो । नत्र त जीवन परम सुख र समृद्धिको अधिकारी हो जसरी नेपाल स्वर्गको एक टुक्रा हो ।
आउने समयमा नेपाल कस्तो हुने र नेपाली कस्ता हुने भन्नेबारे हजार व्याख्या र बहस भए होलान्, हुँदै गर्लान् पनि । तर, जति खँदिलो र मीठो गरी आख्यानको सुनौलो संसारमा त्यो चीरप्रतीक्षित जीवन र जगतको नोरम तस्वीर लेखकले अक्षरहरूमा उतारिदिएका छन्, त्यो यस अघि कहिल्यै भएको थिएन । त्यसैले यो आफैमा अनुपम छ जो नेपाली साहित्यका लागि एक नौलो उपहार भएको छ ।
Earn Points
Earn Points
Earn 5 Points On Every Rs. 1 Spent On Your Order. Redeem Them Once Points Accumulate To Certain Value.
Know More at : Exclusive Points
Delivery
Delivery
Inside Kathmandu Valley Delivery Fee 120 and Outside Valley Rs. 170. Get Free Delivery On Order Above Rs. 4999 all over Nepal
Return policy
Return policy
Return is accepted within 12 hours in case of damage by Courier.
Offer
Offer
![स्वप्नयात्रा [Swapnayatra]](http://cdn.shopify.com/s/files/1/0484/4145/8840/products/Swapnayatra_by_Arun_Kumar_Subedi_Cover.jpg?v=1669799919&width=1445)
Books Quality Guaranteed
At BIBLIONEPAL, we guarantee that all of our books are 100% genuine and authentic. We pride ourselves on only offering genuine books to our customers.
Why Readers Love Us ?

Buying from Us ?
When buying books from us, you will get tons of benefits. Experience a new way of buying books.