Skip to product information
1 of 1
सुबिन भट्टराई (Subin Bhattarai)

समर लभ [Summer Love]

समर लभ [Summer Love]

ISBN: 9789937665810

Low stock

Regular price Rs.350.00
Regular price Sale price Rs.350.00
Sale Sold out
Shipping calculated at checkout.

सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेन्टल सान्इन्स (सीडीईएस), कीर्तिपुर । इन्ट्रान्सको रिजल्ट हेर्न सीडीईएस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम-साया । देखेको सायालाई होइन, नामलाई । नामैले छटपटाएको ऊ जब सायालाई देख्दा पानीपानी हुन्छ, उसका क्याडबरी ओठ, सेक्सी फिगर र बौद्धिकताले । अनि सुरू हुन्छ उनीहरुको दुईवर्षे कलेज रोमान्स ।

रोमान्स प्रेममा परिणत हुन्छ । तर के उनीहरुको प्रेम सफल हुन्छ ?

तन्नेरीले तन्नेरी भाषामा लेखेको तन्नेरीहरुको रमाइलो कथा हो समर लभ । यो पुस्तक पढ्दा पटक्कै झिँजो लाग्दैन । यसको भाषा सरल र कसिलो छ । यसमा कुतकुत्याउने प्रेमदेखि आँसु चुहाउने वियोगसम्मको वर्णन छ र छ मरून्जेल हँसाउने हाँस्यरस ।

कथाकी पात्र शीर्षक कथासङ्ग्रह (२०६७) बाट नेपाली आख्यान क्षेत्रमा प्रवेश गरेका युवा आख्यानकार सुबिन भट्टराईको दोस्रो कृति समल लभ (२०६९) पहिलो उपन्यास हो ।

View full details

Source of Stories