भारतमा दलितबारे, दलित र अन्यको सम्बन्धको प्रकृतिबारे धेरै अघिदेखि धेरै लेखिएका छन् । तर यीमध्ये थोरैले मात्र दलितपना निर्माणबारे उच्च ऐतिहासिक सैद्धन्तिक तह पक्रन सकेका छन् । आहुतिको यो किताब भने वर्तमान नेपालका दलित, दलित र अन्यको सम्बन्धको प्रकृतिबारे हठात जस्तै सो उच्च तह प्राप्त गर्न सफल भएको छ ।... यो किताब कम्तीमा पनि मैथली र हिन्दी भाषामा अनुवाद हुनु जरुरी छ । दक्षिण एसियाका सेसम्म धेरै बौद्धिक र राजनीतिकर्मीले पढ्नु जरुरि छ । साथै, यसको सरलीकृत र छोटो अंश नेपालका स्कुल र कलेजका पाठ्यसामाग्रीभित्र समेटिनु छ ।
- चैतन्य मिश्र, प्राध्यापक- त्रिभुवन विश्वविध्यालय, समाजशास्त्र/मानवशास्त्र केन्द्रिय विभाग
आहुति विगत दुइ दसकदेखि नेपालको राजनीतिक संघर्ष र दलित-मुक्ति आन्दोलनमा क्रियाशील छन्। उनले नेपाल उत्पीडित दलित जातिय मुक्ति समाज, नेपाल राष्ट्रिय दलित मुक्ति संगठनको मुख्य नेतृत्वमा रहेर काम गरिसकेका छन्। दलित आन्दोलन र समसामयिक राजनीतिबारे उनका दर्जनौ लेख-रचना प्रकाशित भैसकेका छन्। उनको लेखनमा हिन्दु समाजमा दलित जातीय मुक्तिको प्रश्न, तपश्वीका गीतहरू, नयाँ घर र स्खलन प्रकाशित छन्। उनि दलित सम्बन्धि चर्चित टेलि शृंखला दलनका लेखक पनि हुन् ।
Descriptions are sourced from publishers or third parties and are not independently verified
See our disclaimer