अनुवादकः विन्द्या सुब्बा [Bindya Subba]
द्रौपदी [Draupadi]
द्रौपदी [Draupadi]
ISBN: 9789937712187
Low stock
Couldn't load pickup availability
'द्रौपदी' द्वापरयुगमा महाभारतका घटना र चरित्रहरूमा आधारित उपन्यास हो । चरित्रहरूमा सर्वोपरी छन्, महानायक कृष्ण र नायिका कृष्णा उर्फ याज्ञसेनी, उर्फ द्रौपदी । कृष्ण र कृष्णाबीचको आध्यात्मिक प्रेम (Spritual Love) यस उपन्यासको सुन्दरतम पक्ष हो । 'द्रौपदी' भित्र नायिका कृष्णाको चारित्रिक दृढता र उनले जीवनमा भोगेका चरम दुःख, विपद्, अपमान र सामना गरेका अनन्य परीक्षा र कठिनाइहरूले प्रत्येक पाठकको मनमा एउटा हलचल मच्चाइदिन्छन् ।
पछिल्लो बाहिरी पृष्ठबाट
शदीऔं पुरानो पुरुष-सत्ताको जगलाई जरैदेखि हल्लाइदिने प्रखर नारीवादी उपन्यास हो- 'द्रौपदी' |
उपन्यासमा महाभारतका प्रमुख पात्रमध्येकी द्रौपदीलाई आजको परिवेशमा प्रस्तुत गरिएको छ । यसभित्रको नारी-मनोविज्ञानको चित्रणले मै हुँ भन्ने पुरुषहरूलाई समेत भित्रैसम्म हल्लाउँछ । आफ्नो तुच्छ स्वार्थ र अहङ्कारको तुष्टिका लागि महिलाको ममत्व र करूणालाई कुल्चन पछि नपर्ने पुरुष मानसिकतालाई डा. प्रतिभा रायले निकै मीठोसँग धज्जी उडाएकी छिन् ।
पढेपछि यहाँले पक्कै भन्नुहुनेछ- "यस्तो शक्तिशाली उपन्यास यसअघि पढेकै थिइनँ ।"
![द्रौपदी [Draupadi]](http://www.biblionepal.com/cdn/shop/products/Draupadi_by_Prativa_Raya_-f.jpg?v=1669631742&width=1445)