चार दशक यताको प्रमुख राजनीतिक घटनाक्रम, जनमतसंग्रह, जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेश आन्दोलनलाई कथाहरूमा समेटिएको छ । यस पुस्तकमा राजनीतिक बिषय वस्तुमात्र छैन, समाजका थुप्रै क्षेत्रका विसंगति र यथार्थ पनि प्रतिबिम्बित भएका छन् । कथालाई प्रतीक र व्यङ्ग्य मार्फत अभिव्यक्त गर्ने लेखकको शैलीका कारण ‘अघोरी’ का कथाहरू पठनीय छन् ।
आख्यानकार राजेन्द्र पराजुलीका अधिकांश कथा समकालीन राजनीतिका कुरूपता, जडता तथा विसङ्गत समाजको केन्द्रवरिपरि छन् । मान्छेको मनोविज्ञान, बदलिँदो समाज, फेरिँदो सौन्दर्य र सङ्क्रमण जस्ता विषयलाई उनले आकर्षक ढङ्गले बुनेका छन् । कथाहरू तीव्र कल्पनाशीलता र कलात्मक हुनाले चित्ताकर्षक पनि छन् । आवाजविहीन र किनारीकृत मान्छेको आवाज खोज्दै आजको समयका अनन्त विसङ्गतिप्रति कडा आलोचकीय दृष्टि राखिएका १७ ओटा कथा अघोरीमा समेटिएका छन् ।
प्रिय पाठक ! आउनुहोस्, कथाका शक्ति तथा सौन्दर्यलाई नजिकबाट आफै अनुभूत गर्नुहोस् ।
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer