जगदीश घिमिरे [Jagadish Ghimire]
सकस [Sakas]
सकस [Sakas]
9789937252898
Couldn't load pickup availability
व्यक्ति-व्यक्तिको मात्र होइन, गाउँ-गाउँको, जिल्ला जिल्लाको, क्षेत्र-क्षेत्र मात्रको पनि होइन, यो देशैभरिको सर्वाङ्गीण सकस हो । विना अपराध निर्वासित, विस्थापित जनताबीच आइपरेको सकस हो । अनगिन्ती निर्दोष निहत्था जनता बिनसित्ति मारिदाको सकस हो । देशको सङ्कटको, राजनीतिक सङ्क्रमणको सकस हो यो ।
सकसैसकसको यस आख्यानले पाठकको मनलाई नछोई छाड्दैन । विशेषतः यसको रौद्रताले उद्वेलित बनाउँछ, बीभत्सताले पीडा, घृणा पैदा गर्छ र कारूण्यले भित्री मन पगाल्छ ।
-ज्ञानमणि नेपाल, वरिष्ठ इतिहासकार
लिलामदेखि साबिती हुँदै सकससम्मको सजनयात्रामा उपन्यासकार जगदीश घिमिरेको एकमात्र प्रतिबद्धता हो- सामाजिक न्यायको शङ्खघोष । यो प्रतिबद्धता सकसमा अझ बढी मुखर, सघन, परिष्कृत र काव्यिक अभिव्यञ्जना सहित व्यक्त भएको छ। सकसमा आख्यानलाई इतिहास, दर्शन र विचारधाराले सम्पुष्ट पारिएको छ । छरितो भाषा, पुराणसम्मत शैली र ललित व्यङ्ग्यका दृष्टिले समेत यहाँ स्रष्टा जगदीश घिमिरे हाम्रो समयका एक मूर्धन्य प्रजापति बन्न पुगेका छन् । सकस नेपाली आख्यान साहित्यको एक अनुपम प्राप्ति हो ।
- नारायण ढकाल, आख्यानकार
सकस एउटा अति विशिष्ट उपन्यास हो र नेपाली आख्यानमा सर्वथा नवीन बान्की पनि ।
यसमा कहालीलाग्दो इतिहास र मूल्यक्षय हुँदै गएको आजको राजनीतिक यथार्थ अनि त्यसले भित्र्याइरहेको डरलाग्दो भयावहता जीवन्त कथानकमा रुपान्तरित भएको छ । फराकिलो कालखण्डको क्यानभासमा लेखिएको अध्ययन, धैर्य, आँट र सीपले खारिएको यो आख्यान अत्यन्त शक्तिशाली। छ।
सकस नेपाली साहित्यको मूल्यवान धरोहर हो । आज म जगदीश घिमिरेलाई। नेपाली आख्यान साहित्यको शिखरमा देखिरहेको छ ।।
-नयनराज पाण्डे, आख्यानकार
Earn Points
Earn Points
Earn 5 Points On Every Rs. 1 Spent On Your Order. Redeem Them Once Points Accumulate To Certain Value.
Know More at : Exclusive Points
Delivery
Delivery
Inside Kathmandu Valley Delivery Fee 120 and Outside Valley Rs. 170. Get Free Delivery On Order Above Rs. 4999 all over Nepal
Return policy
Return policy
Return is accepted within 12 hours in case of damage by Courier.
Offer
Offer
![सकस [Sakas]](http://cdn.shopify.com/s/files/1/0484/4145/8840/products/Sakas.jpg?v=1669978383&width=1445)
Books Quality Guaranteed
At BIBLIONEPAL, we guarantee that all of our books are 100% genuine and authentic. We pride ourselves on only offering genuine books to our customers.
Why Readers Love Us ?

Buying from Us ?
When buying books from us, you will get tons of benefits. Experience a new way of buying books.